
डिम्बको निष्कासन
महिलाको अण्डाशयबाट अण्डा निस्कने क्रममा पनि योनीस्राव हुन्छ । यो मासिक धर्मचक्रपछि हुन्छ ।

हर्मोनल असन्तुलन
तनाव, खराब खानपान, खराब जीवनशैली सम्बन्धित हर्मोनल असन्तुलनले कहिलेकाहीं योनीबाट भारी स्राव निम्त्याउन सक्छ ।
Advertisement

पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस)
पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) भएका महिलामा एन्ड्रोजन भनिने पुरुष हर्मोनको मात्रा उच्च हुन्छ । धेरै मात्रामा एन्ड्रोजन स्तरले अनियमित महिनावारी हुन्छ ।

फंगल इन्फेक्सनको कारण
फंगल इन्फेक्सनको कारण पनि योनीस्राव बढ्छ र धेरै बाक्लो हुन्छ । यो फङ्गस वृद्धिको कारण हुन्छ

भजाइनाइटिस संक्रमण
यो धेरै कसिलो कपडा लगाउँदा र यौनाङ्गको सरसफाइमा कमीले हुन्छ । यस्तो अवस्थामा योनीबाट सेतो, खैरो, पहेंलो वा हरियो रङको बाक्लो स्राव हुनसक्छ ।