+

६ इन्डोर प्लान्ट, जसले वायु शुद्धीकरण गर्छ

घरभित्र कत्तिको इन्डोर प्लान्ट लगाउनु हुन्छ ? यदि लगाउनु भएको छैन भने लगाईहाल्नुहोस् । किनकि, यस्ता प्लान्टले घरभित्रको शोभा मात्र बढाउदैन, वरपरको वायु पनि शुद्धीकरण गर्छ । अर्को खासियत भनेको यस्ता विरुवाले गर्मी मौसममा घरभित्रको वातावरण हेर्दै शितलता दिने खालको हुन्छ ।

इन्डोर प्लान्टलाई प्राकृतिक एयर प्युरीफायर पनि भन्ने गरिन्छ । केहि यस्तै ६ विरुवा यहाँ दिइएको छ ।

Advertisement

स्नेक प्लान्ट

इन्डोर प्लान्टमा सबैभन्दा राम्रो विकल्प हो, स्नेक प्लान्ट । यसको पातले प्रदुषित तत्वहरु ग्रहण गरी अक्सिजन रिलज गर्छ । जसले वरपरको हावा शुद्धीकरण  हुन्छ ।

पिस लिल्ली

अर्को प्राकृतिक एयर प्युरीफायर विरुवा हो, पिस लिल्ली । हेर्दा आकर्षक देखिने यो विरुवासँग ६० प्रतिशतसम्म हावाको अवस्था सुधार गर्ने गुण हुन्छ । यसले हावामा फैलिने हानिकारक बेन्जिन र फर्मुलाइड जस्ता हानिकारक कणलाई नास गर्न मद्दत गर्छ ।

ब्याम्बो प्लाम

यो विरुवा घरभित्र राख्दा पिस लिल्लीको जस्तै हानिकारक बेन्जिन र फर्मुलाइड जस्ता हानिकारक कणलाई नास गर्न मद्दत गर्छ । बासको आकारप्रकार भए पनि यो छोटो आकारमा सजाएर राख्न सकिन्छ ।

गोल्डेन पोथास

गोल्डेन पोथास अर्थात मनि प्लान्ट घरभित्र राख्नु शुभ हुने मान्यताले पनि हुर्काइएको पाइन्छ । तर धेरैलाई थाहा नहुन सक्छ, यसले हावालाई स्वच्छता प्रदान गर्छ । कोठा वा बाल्कोनीलाई आकर्षक पनि देखाउँछ ।

स्पाइडर प्लान्ट

खासै हेरचाह नचाहिने जहाँ रोप्यो त्यही राम्रोसँग हुर्किने स्पाइडर प्लान्टले घरभित्र भएको कार्वनडाइअक्साइड र जाइलीन जस्ता हानिकारक तत्वलाई हटाएर वायु शुद्धिकरण गर्न मद्दत गर्छ ।

फ्लेमिंगो लीली

बालकोनीमा राख्दा बनावटी प्लास्टिकको जस्तो तर हेर्दा आकर्षक देखिने फ्लेमिंगो लीलीले पनि हावालाई स्वच्छता कायम गर्न मद्दत गर्छ ।