+

६ गल्ती, जसले मुटुरोग लाग्न सक्छ

मोटोपन

मोटोपन भएको व्यक्तिमा ‘ट्राइग्लाइसेराइड्स’ भन्ने एक प्रकारको बोसोको मात्रा धेरै हुन्छ र नराम्रो कोलेस्टेरोलको मात्रा बढी हुन्छ । यसले मुटुको रक्तनलीमा बोसो जम्छ ।

पर्याप्त निद्रा नपुग्नु

पर्याप्त निद्रा प्राप्त नगर्दा हृदय प्रणालीले आराम पाउँदैन र मुटुरोगको जोखिम बढ्छ ।

Advertisement

अत्याधिक तनाव

अत्याधिक तनावले मुटुको रक्तनलीलाई हानि पुर्‍याउँछ, जसले हृदयघात र मस्तिष्कघातको जोखिम बढाउँछ ।

रक्सी र चुरोट खानु

रक्सीको अत्याधिक सेवनले उच्च रक्तचाप हुन्छ । चुरोटले मुटुको नसामा भएको भित्री पत्रलाई पातलो बनाइदिन्छ । त्यो पत्र पातलो भएर फुट्ने सम्भावना हुन्छ ।

स्टेरोइडको प्रयोग

मांसपेशी बढाउन स्टेरोइडको प्रयोग गरेको पाइन्छ । यसरी जथाभावी स्टेरोइड प्रयोगले पनि मुटुरोगको जोखिम बढाउँछ ।

वायु प्रदूषण

स्वस्थ मुटुका लागि वायु प्रदूषणबाट पनि बच्नुपर्ने हुन्छ । सवारी साधनबाट निस्कने धुलो र धुवाँका स-साना कणले मुटुमा ठूलो हानि पुर्‍याउन सक्छ ।