+

६ संकेत, जसले फोक्सो कमजोर भइरहेको देखाउँछ

सास फेर्न गाह्रो हुने

सामान्य हिँडडुल गर्दा वा थोरै मेहेनत गर्दा नै सास फेर्न गाह्रो हुन्छ। सास फेर्ने प्रक्रिया छिटो छिटो हुनसक्छ । लामो समयसम्म लगातार खोकी लागिरहन्छ।

लगातार खोकी लागिरहने

तीन हप्ता वा सोभन्दा लामो समयसम्म खोकी रहिरहन्छ। खोक्दा कफ वा रगतसंगै बलपूर्वक खोकी लाग्ने हुन्छ।

Advertisement

छातीमा दुखाइ वा दबाब महसुस हुने

छातीमा असजिलो महसुस हुने, कसैले थिचेजस्तो अनुभूति हुने। गहिरो सास फेर्दा दुखाइसँगै कहिलेकाहीं जिउको तल्लो भाग वा ढाडसम्म दुखाइ छ भने चिकित्सकलाई भेट्नुपर्छ।

थकान र कमजोरी महसुस हुने

शरीरमा पर्याप्त अक्सिजन नपुग्दा थकान महसुस हुन्छ। कुनै पनि काम गर्दा चाँडै थाकिने , ऊर्जा कम हुने र ध्यान केन्द्रित गर्न गाह्रो पर्ने संकेत पनि देखिन्छ।

आवाज भारी वा परिवर्तन हुने

लामो समयसम्म खोकीका कारण आवाज भारी हुने र श्वास लिँदा आवाज आउने (ह्विसल जस्तो) आवाज आउन सक्छ ।

हातखुट्टा सुन्निने

फोक्सो कमजोर भएमा शरीरमा तरल पदार्थ जम्न सक्छ, जसले गर्दा खुट्टा वा हात सुन्निने। छालाको रंग फिक्का वा निलो देखिन सक्छ। यी संकेत देखिए छाती तथा फोक्सोरोग विशेषज्ञलाई देखाउनु पर्छ ।

फोक्सो किन कमजोर हुन्छ?

चुरोट, सुर्ती सेवन फोक्सोको सबैभन्दा ठूलो दुश्मन हो। धुलो, धूवाँ, केमिकल गन्धले फोक्सोमा असर गर्छ। दम, निमोनिया, ब्रोंकाइटिस, टीबी आदिले फोक्सो कमजोर बनाउँछ।

फोक्सोलाई कसरी स्वस्थ राख्ने?

  • धूम्रपान नगर्ने र दूषित हावाबाट टाढा रहने।
  • प्रशस्त पानी पिउने र पौष्टिक आहार खाने।
  • नियमित व्यायाम, विशेष गरी प्राणायाम र गहिरो श्वास लिने अभ्यास गर्ने।
  • घर तथा कार्यस्थल सफा राख्ने र खुला हावामा सास लिने।
  • चिकित्सकसँग नियमित स्वास्थ्य परीक्षण गराउने।