
बच्चाको अघि भावनालाई पोख्न र सम्हालिन नसक्नु
स-साना कुरा आइलागेमा पनि समाधान खोज्नुको साट्टा झगडामा अल्झिनु हो । शान्त भएर आएको समस्यालाई राख्नुको साटो रिस र आवेग हाबी हुनु अपरिपक्वताको संकेत हो ।

आत्मकेन्द्रित व्यवहार
आफ्ना इच्छालाई बच्चाको भन्दा प्राथमिकता दिने व्यवहारले पनि बच्चालाई कम मूल्यवान महसुस गराउँछ । र, आत्मसम्मान घटाउँछ।

सहानुभूति पटक्कै नदेखाउने
बच्चाको भावनालाई बेवास्ता गर्ने वा बुझ्न नसक्ने गरेमा सहानुभूतिको कमीले बच्चा र अभिभावकबीच भावनात्मक खाडल बनाउँछ। सहानुभूतिबिना, यस्ता अभिभावकले बच्चाको भावनात्मक आवश्यकता बुझ्न असफल हुन्छन्।

स्थिर अभिभावकत्व
कहिले मायालु, कहिले आलोचनात्मक भैहाल्ने एकै किसिमको व्यवहार बच्चालाई हुँदैन भने पनि त्यो सन्तान हुर्काउनको लागि परिपक्व भएको संकेत हो । यो अस्थिरताले बच्चालाई असुरक्षित र चिन्तित बनाउँछ, जसले उनीहरूको विकासमा असर गर्छ।

अरूलाई दोष दिने
आफ्ना गल्ती बच्चामाथि थोपर्ने बानीले बच्चामा विना कुनै गल्ति अपराधबोध र जिम्मेवारीको गलत बोध पैदा गर्छ।