+

६ संकेत, जसले बताउँछन् शरीरमा अक्सिजन पुगेको छैन

सामान्य मान्छेको कति हुनुपर्छ अक्सिजन ?

मान्यतया औंलामा नाप्ने पल्स अक्सिमिटरले नाप्दा सामान्य मान्छेको शरीरमा अक्सिजनको लेबल ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ ।

फोक्सोसम्बन्धी समस्या भए

फोक्सोसम्बन्धी समस्या वा अन्य दीर्घकालीन रोग भएको मानिसमा अक्सिजन स्याच्युरेसन ८८ प्रतिशत भन्दा बढी हुनुपर्छ ।

Advertisement

अक्सिजन कम भएमा के हुन्छ ?

मानिसको अक्सिजन लेबल ७५ प्रतिशत भन्दा मुनि भएमा बिरामी बेहोस हुने, बर्बराउने हुनसक्छ ।

शरीरमा अक्सिजनको मात्रा घट्दै गएको कसरी थाहा पाउने ?

शरीरमा अक्सिजनको मात्रा घट्दै गएको कसरी थाहा पाउने ? यसको पहिलो संकेत हो, सास फेर्न गाह्रो हुनु ।

छाती दुख्नु

फोक्सोमा अक्सिजनको मात्रा कम हुँदा छाती दुख्ने समस्या हुन्छ । यही कारण झुम्म हुने, बेहोस हुने हुन्छ ।

मुटुको धड्कन बढ्नु

एक्कासि मुटुको धड्कन बढेको छ भने शरीरमा अक्सिजन कमी भएको हुनसक्छ । किनभने शरीरमा अक्सिजन कमी भएपनि मुटुमा पनि स्वतः अक्सिजन कमी हुने हुन्छ ।

हातखुट्टा निलो हुनु

विना कारण हातखुट्टा निलो भएको छ भने शरीरमा अक्सिजनको कमी भएको हुनसक्छ । किनभने शरीरमा अक्सिजनको मात्रा कम हुनु भनेको कार्बनडाइअक्साइको मात्रा बढ्नु हो ।

बारम्बार हाइ आउनु

कहिलेकाहीं राम्रोसँग निद्रा लागे पनि वा अल्छी महसुस नभए पनि बारम्बार हाइ आउने गर्छ । यस्तो अवस्थामा हाइ शरीरमा अक्सिजनको कमी भएको हुनसक्छ ।

निद्रा लाग्नु

मस्तिष्कमा अक्सिजनको मात्रा कम हुँदा पूरा निद्रा सुते पनि निद्रा लाग्ने वा झुम्म भइराख्ने, कमजोरी महसुस हुने हुन्छ ।