+
+

८ गल्ती, जसले मुटुरोग लाग्न सक्छ

मोटोपन

मोटोपन भएमा मुटुको रक्तनली र दिमागमा जाने रक्तनलीमा लामो  समयसम्म बोसो जम्दा मुटुको रक्तनसाहरू बन्द हुने सम्भावना उच्च हुन्छ ।    

पर्याप्त निद्रा नपुग्नु

पर्याप्त निद्रा प्राप्त नगर्दा हृदय प्रणालीले आराम पाउँदैन। फलस्वरूप मुटुरोगको जोखिम बढ्छ ।

Advertisement

एकै ठाउँमा बसेर काम गर्ने

हरेक दिन ५ घण्टा वा सो भन्दा बढी बस्ने र पर्याप्त हिंडडुल नगर्ने मानिसमा हृदयघातको समस्या हुने जोखिम बढेको हुन्छ ।  

अत्याधिक तनाव

तनाव हार्मोनले रक्तचाप बढाएर प्रतिरक्षा प्रणालीलाई कमजोर पारी मुटुको रक्तनलीलाई हानि पुर्‍याउँछ, जसले हृदयघात र मस्तिष्कघातको जोखिम बढाउँछ ।  

मद्यपान

रक्सीको अत्याधिक सेवनले उच्च रक्तचाप, मस्तिष्कघात र मोटोपन निम्त्याउन सक्छ । यी सबैले मुटुरोग लाग्ने सम्भावना बढाउँछ ।  

धुम्रपान

धूम्रपानले हाम्रो मुटुको नसामा भएको भित्री पत्रलाई पातलो बनाइ फुट्ने सम्भावना बढी हुन्छ । जसकारण रगत जमेर हृदयघात हुने हुन्छ ।

वायु प्रदूषण

सवारी साधनबाट निस्कने धुलो र धुवाँका स-साना कणले मुटुमा हानि पुर्‍याउन सक्छ ।

स्टेरोइडको प्रयोग

युवाहरू जो शारीरिक रुपमा धेरै सक्रिय छन् वा व्यायामको लागि जिम जानेहरुमा मांसपेशी बढाउन स्टेरोइडको प्रयोग गरेको पाइन्छ । जथाभावी स्टेरोइड प्रयोगले पनि मुटुरोगको जोखिम बढाउँछ ।