+

डार्क चक्लेट खानुका ९ फाइदा

प्रणय सप्ताहको तेस्रो दिन अर्थात चक्लेट दिवसमा प्रियजनलाई चक्लेट उपहार स्वरुप दिइन्छ ।

प्रणय सप्ताहमा मात्र होइन जन्मदिनको रमाइलो क्षणदेखि अन्य कुनै पनि विशेष समारोहमा चक्लेट उपहारको रुपमा प्रयोग हुने गर्छ ।

Advertisement

विभिन्न चक्लेटमध्ये डार्क चक्लेट खाँदा फाइदैफाइदा छन् ।

सुगरको मात्रा कम

सबैभन्दा ठूलो फाइदा भनेको यसमा सुगरको मात्रा एकदम कम हुन्छ ।

छालाको सुन्दरता

चक्लेट एन्टि–अक्सिडेन्टले भरिपूर्ण हुन्छ । सोही तत्वको कारण अनुहारमा चाउरी पर्न पाउँदैन भने छालामा चमक समेत ल्याउँछ । पश्चिमी मूलुकमा त चक्लेट बाथ, फेसियल लगायतको प्रचलन बढेको छ ।

रक्तचाप नियन्त्रण

रक्तचाप कम भएको अवस्थामा तत्काल बिरामीलाई सहज बनाउन चक्लेट दिन सकिन्छ । यसले उर्जा दिई रक्तचाप नियन्त्रण हुन्छ ।

कोलेस्ट्रोल

शरिरमा देखिने कोलेस्ट्रोलको मात्रा कम गर्न चक्लेट फाइदाजनक मानिन्छ । जसका कारण मोटापन र यसको कारण हुने अन्य समस्यामा कमि आउँछ ।

स्वस्थ दिमाग

हरेक दिन दुई कप हट चक्लेट खानाले दिमाग स्वस्थ हुन्छ । र, स्मरण क्षमतामा ह्रास आउँदैन । चक्लेटले दिमागको रक्त सञ्चारलाई सामान्य बनाइराख्छ ।

मुटु रोग कम गर्छ

अनुसार हरेक दिन चक्लेट र हट चक्लेट खानाले हृदयाघातको सम्भावना एक तिहाइ कम भएर जान्छ । साथै मुटुलाई बलियो बनाउन सहयोग गर्छ ।

मूड बुस्ट गर्छ

डार्क चकलेटमा यस्ता तत्व हुन्छन् जसले मस्तिष्कमा एन्डोर्फिन रिलिज गर्छ । जसले व्यक्तिमा खुसीको भाव उत्पन्न हुन्छ राम्रो राम्रो विचार मनमा आउँछ । यसमा सेरोटोनिन पनि हुन्छ । जसले चाहिँ प्राकृतिक रुपमा डिप्रेशननिरोधकको रुपमा काम गर्छ ।