
तल्लो पेट दुख्ने
गर्भावस्थामा पेट हल्का दुख्नु सामान्य हो । तर यस्तो पेट दुखाइ गर्भपात, समय (९ महिना) अगावै शिशुको जन्म वा अन्य कुनै गम्भीर अवस्थाको लक्षण पनि हुनसक्छ ।

अत्याधिक रक्तस्राव
अत्याधिक रक्तस्राव हुनुको मतलब साल गलत ठाउँमा बसेको वा प्रसवपूर्व साल छुट्टिएको हुनसक्छ । यो आमा र बच्चा दुवैका लागि जोखिमपूर्ण हुन्छ ।

योनीस्राव
गर्भावस्थाको समयमा योनीस्राव हुनु पनि सामान्य हो । तर पातलो तरल पदार्थ बग्ने क्रम जारी रह्यो भने जोखिमपूर्ण हुनसक्छ । यो पानी फुटेको संकेत हुनसक्छ ।

आँखाको दृष्टि धमिलो हुनु
लगातार ध्यान केन्द्रित गर्न समस्या भइरहेको छ वा आँखाले हेर्दा धमिलो दृष्टि छ भने तुरुन्तै परीक्षण गराउनुपर्छ । विशेषगरी उच्च रक्तचाप भएका गर्भवती महिलामा यस्तो समस्या हुनसक्छ ।

हात–खुट्टा सुन्निने
गर्भावस्थामा हात, खुट्टा वा शरीरका अन्य अंगमा सुन्निने सामान्य कुरा हो । जुन आराम गरेसँगै बस्छ । तर सुन्निएको ठाउँमा दुखाइ भएमा वा रातोपन देखा परेमा चिन्ताको विषय हुन्छ

बच्चा नचल्नु
बिहानको खाना, दिउँसोको खाजा र रातिको खाना खाएको एक घण्टा देब्रेतर्फ कोल्टिएर सुत्दा तीन-तीनपटक चल्नुपर्छ, दिनभरिमा कम्तीमा १० पटक चल्नुपर्छ । यसरी यी अवधिमा बच्चा चल्दैन भने तुरुन्तै परामर्श लिनुपर्छ ।

एकदिन भन्दा बढी ज्वरो आउनु
यस्तो बेलाको ज्वरो, खोकीलाई हल्का रूपमा लिनु हुँदैन । १०० डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आएमा तुरुन्त अस्पताल जँचाउन जानुपर्छ ।

छाला चिलाउनु
शरीर सुक्खा हुने कारण गर्भावस्थामा यो समस्या देखिन्छ । तर अत्याधिक चिलाइरहने समस्या भएमा कलेजोमा समस्या भएको हुनसक्छ ।