+

सारीमा साम्राज्ञी

‘बोल्ड’ र ‘स्टाइलिस’ अभिनेत्री

‘बोल्ड’ र ‘स्टाइलिस’ अभिनेत्री हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । अफस्क्रिन मात्र होइन, अनस्क्रिन पनि उनी बोल्ड देखिन्छन् ।

मनमौजी स्वभावकी

झट्ट हेर्दा निष्कपट र निश्छल देखिने सामाग्री मनमौजी स्वभावकी छिन् । अक्सर मनमा आएका कुरा उनी खुलेर व्यक्त गर्छिन् र आफ्नो मर्जीको जीवन बाँच्छिन् ।

Advertisement

विन्दास घुमफिरमा

सामाग्री कहिले विन्दास घुमफिरमा रमाइरहेकी देखिन्छन् भने, कहिले समुन्द्री किनारमा बेपर्वाह मनोरञ्जन गरिरहेकी देखिन्छन् ।

विकनी र ट्याटुको कारण पनि चर्चा

फिल्मका साथै विज्ञापनहरुमा देखिने उनको बेलाबखत विकनी र ट्याटुको कारण पनि चर्चा हुने गर्छ ।

सारीमा पनि उत्तिकै मोहक

सन् २०१४ मा आयोजित फेसन शो ‘फेस अफ क्लासिक डायमण्ड ज्वेलरी’ बाट चर्चामा आएकी यी अभिनेत्री सारीमा पनि उत्तिकै मोहक र बोल्ड देखिन्छन् ।

‘ड्रिम्स’बाट डेब्यु

साम्राज्ञीले फिल्म ‘ड्रिम्स’बाट डेब्यु गरेकी हुन्, जहाँ अनमोल केसीसँग उनको अनस्क्रिन रोमान्सले चर्चा पाएको थियो ।

साम्राज्ञीको रुचि

प्रायः ‘गर्ल नेक्स्ट डोर’ चरित्रमा देखिने साम्राज्ञी आफ्नो रुचि चाहिं थ्रिलर, हरर, कमेडी र मिथोलोजिकल रहेको बताउँछिन् ।