
जिनमा निर्भर
हामी कति अग्लो हुन्छौं भन्ने कुरा जिनमा निर्भर हुन्छ। उचाई ह्युमन ग्रोथ हर्मोनका कारण मांसपेशी र हड्डीको वृद्धि हुने गर्छ ।

कुन उमेरसम्म उचाइ बढ्छ ?
उचाइ बढ्ने अधिकतम उमेर २१ वर्षसम्म हो । केटी महिनावारी हुनुभन्दा अघि र केटा दाह्री जुँगा पलाउनुअघि हलक्कै बढ्छन् । त्यसपछि भने उचाइ अलि अलि मात्र बढ्छ।
Advertisement

कसरी बढाउने उचाइ ?
सुतेको बेला उचाइ बढ्छ। यो बेला मन शान्त हुने र गहिरो निद्रा पर्दा ह्युमन ग्रोथ अधिक मात्रामा स्राव हुन्छ । हरियो सब्जी, प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम र भिटामिन डीयुक्त खाना सन्तुलित मात्रा खाएमा उचाई बढ्छ।