+

शरीर रहस्य : कसरी थुप्रै रोग औषधि नखाई निको हुन्छ ?

कति रोग किन आफै निको हुन्छ ?

कति रोग लागेपनि आफै निको हुन्छ । न औषधि गर्नुपर्छ, न शल्यक्रिया गर्नुपर्छ । कुनै बाहिरी उपचार विना कसरी शरीरको कति रोग आफै निको हुन्छ ?

शरीरभित्रको संयन्त्र

शरीरभित्र यस्तो संयन्त्र हुन्छ, जसले शरीरलाई सग्लो, निरोगी, तन्दुरुस्त राख्न हरक्षण प्रयास गरिरहेको हुन्छ ।

Advertisement

शरीरको रक्षा गर्ने प्रणाली

रक्तसंचार, श्वासप्रश्वास, पाचन प्रणाली जस्तै शरीरमा प्रतिरक्षा प्रणाली पनि छ । यसले वाहिरी वा भित्री कारणले कुनै समस्या आएमा त्यसबाट शरीरलाई रक्षा गर्ने हरसंभव प्रयास गर्छ ।

प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ ?

प्रतिरक्षा प्रणालीमा सूचनालाई संग्रह गरेर राख्ने र निश्चित समयमा प्रयोग गर्ने पद्धति हुन्छ ।

रोगबाट बच्नको लागि रणनीति

यो शरीरको विशिष्ट प्रकारको जैवयुद्ध कौशल हो । जसरी युद्धमा जित्नको लागि विभिन्न रणनीति बनाइन्छ, त्यसरी नै शरीरले विभिन्न रोगबाट बच्नको लागि रणनीति बनाउँछ र विभिन्न भाइरसबाट जोगाउँछ ।

रोग प्रतिरोधी क्षमता विकास गर्न

रोग प्रतिरोधी क्षमता विकास गर्न स्वास्थ्यकर प्राकृतिक खानपान, स्वास्थ्यकर चिन्तन शैली र व्यायामलाई सँगै लैजान सक्नुपर्छ ।