
चक्कर लाग्ने
लामो समयसम्म एयरफोनमा आवाज सुनिरहँदा चक्कर लाग्ने समस्या बढी हुन्छ । ठूलो आवाज धेरैबेरसम्म सुन्दा त्यसले टाउकोमा असर गर्ने गर्छ ।

स्थायी तथा अस्थायी श्रवण शक्ति गुम्ने जोखिम
नियमित ठूलो स्वरमा आवाज सुन्ने तथा ठूलो आवाजमा बाहिरै पनि गीत बजाउँदा मान्छेको स्थायी तथा अस्थायी श्रवणशक्ति गुम्ने जोखिम बढी हुन्छ ।
Advertisement

कानमा इन्फेक्सन
नियमित एयरफोन वा हेडफोनहरू लगाउँदा कानभित्र हावा छिर्ने मार्गमा अवरोध भै ब्याक्टेरियाको विकासले कानको संक्रमण गराउन सक्छ ।

कानको दुखाइ
लामो समयसम्म इयरफोन प्रयोग गर्दा प्राकृतिकभन्दा धेरै आवाज एयरफोनको माध्यमबाट कानसम्म पुग्छ । जसले बाहिरी कानमा अत्याधिक दबाब पर्ने र कानको पर्दामा पर्ने असरले पनि कान दुख्ने समस्या बढ्ने गर्छ