
बार्बिक्यु गरेको मासुले क्यान्सर हुन्छ ?
चाडपर्वमा रमाइलोका लागि मासु पोल्ने अझ बार्बिक्यु गर्ने प्रचलन व्यापक हुँदैछ । तर, चिकित्सकका अनुसार यस्तो मासुले क्यान्सर गराउन सक्छ । कसरी ?

क्यान्सर गराउने तत्वहरु
आगोमा पोल्दा क्यान्सर गराउने तत्वहरु उत्पन्न हुन्छन् । जस्तो कि हेटेरोसाइक्लिक एरोमाटिक एमाइन (एचएए) र पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन (पीएएच) ।
Advertisement

क्यान्सर गराउने विज्ञहरु दाबी
यी दुवै तत्वले मानिसको अनुवांशिक इकाई डीएनएमा भएको परिवर्तनले विभिन्न अंग फोक्सो, पेट, छाला, पिसाबथैलीमा क्यान्सर गराउने विज्ञहरु दाबी समेत गर्छन् ।

क्यान्सर उत्पन्न गर्ने तत्व
उच्च तापक्रमको आगोमा मासु पोल्दा हेटेरोसाइक्लिक एरोमेटिक कम्पाउन्ड र बेनजीनमा पनि क्यान्सर उत्पन्न गर्ने तत्व हो ।