+

धेरै चिनी खाँदा शरीरमा पर्छ यी ५ असर

कलेजोको समस्या हुने

जब हामी चिनी धेरै खान्छौं, तब शरीरमा बढी भएको चिनी फ्याटमा परिवर्तन हुन्छ । बढी भएको फ्याट कलेजोको आसपास जम्मा हुन्छ, जसले गर्दा कलेजो बिग्रिने जोखिम बढ्छ ।

चिनीले दिमागमा भ्रम पैदा गर्छ

चिनीले न्युरोट्रान्समिटरलाई असर गर्ने गर्छ र यसले गर्दा बिर्सिने समस्या र भ्रम पैदा हुने, अलमल हुने र मन बेचैन हुने हुनसक्छ, जसकारण डिमेन्सिया र अल्जाइमर्सजस्ता मानसिक समस्याको जोखिम हुन्छ ।

Advertisement

तौल बढ्ने

चिनीको अत्यधिक सेवनले शरीरमा बोसो जम्न पुग्छ, जसले मोटोपनको समस्या निम्त्याउँछ

बुढ्यौलीका लक्षण चाँडै देखिने

चिनीको सेवनले शरीरमा इन्फ्लामेसन (सुजन) हुन्छ र कोलाजन प्रोटिन (यो शरीरमा पाइने रेसादार प्रोटिन हो) टुक्रिने गर्छ । जसकारण छालाको लचिलोपन कम भएर चाउरी पर्न थाल्छ ।

शरीर सुन्निने समस्या

चिनी धेरै खानाले शरीरमा इन्सुलिन प्रतिरोध बढाउँछ । यसले रगतमा चिनीको मात्रा बढेर शरीर सुन्निने समस्या हुनसक्छ ।