+
+

आठ भ्रम, यौन स्वास्थ्यसम्बन्धी

गर्भ निरोधक चक्की सेवन गरेमा यौन प्रसारित रोग सर्दैन

यो एक किसिमको भ्रम हो । यस्ता चक्कीले यौन प्रसारित रोगविरुद्ध लड्न मद्दत गर्दैन । यौन रोगबाट बच्न एउटै गर्भनिरोधक साधन मात्र प्रभावकारी हुन्छ, त्यो हो, कण्डम ।’

‘विद ड्र वेल मेथड’ले गर्भ रोक्न मात्र होइन, यौन रोग लाग्दैन

‘विद ड्र वेल मेथड’ अर्थात् शारीरिक सम्पर्क गरेपछि वीर्य योनी बाहिर स्खलित गर्नु हो । ‘विद ड्र वेल मेथडले गर्भ बस्ने सम्भावना कम हुन्छ भन्ने कुरामा कुनै सत्यता छैन । सही समयमा यो प्रक्रिया गर्दा गर्भ बस्ने सम्भावना केही घटाउन सक्छ ।

Advertisement

दोब्बर कण्डम एकै पटक लगाउँदा दोब्बर सुरक्षा

दुई वा दुई भन्दा बढी कण्डम लगाएर यौन सम्बन्ध कायम गर्नु झन् जोखिमपूर्ण हुनसक्छ । धेरै कण्डम प्रयोग गर्दा घर्षण हुँदा चापले कण्डम फुट्ने जोखिम बढी हुन्छ । कण्डम फुटेमा यौन रोग र गर्भ बस्ने सम्भावना अत्याधिक हुन्छ । त्यसैले एउटा मात्रै कण्डम प्रयोग गर्नु उपयुक्त हुन्छ ।

शौचालयबाट पनि यौन रोगको जोखिम हुन्छ

यी रोग यौनाङ्ग, मुख(मैथुन र यौन खेलौना जथाभावी प्रयोगबाट एकबाट अर्कोमा सर्छ । क्लामिडिया, गोनोरिया र सिफिलिस जस्ता भाइरसको संक्रमणले हुन्छ ती भाइरस मानव शरीर बाहिर लामो समयसम्म बाँच्न सक्दैन, त्यसैले सामान्यतया शौचालय सीटहरू जस्तै सतहहरूमा छिट्टै मर्छन् । जसकारण शौचालयबाट भाइरसहरुको संक्रमण सर्न सक्दैन ।

यौनरोगको कुनै उपचार छैन

यौनरोगको उपचार सम्भव छ । तर पूर्णरुपमा सबै रोग निको हुन्छ भन्न सकिंदैन । विश्व स्वास्थ्य संगठनका अनुसार आठवटा जीवाणुमा क्लामिडिया, गोनोरिया र सिफिलिस र ट्रिकोमोनाइसिस जस्ता चारवटा रोग उपचार पछि निको हुनसक्छ ।

यौनरोग यौन सम्पर्क नगरेसम्म सर्दैन

यौन सम्पर्क मात्र यौन रोगको कारक होइन । मुख मैथुन, एकअर्काको यौनाङ्ग स्पर्श गर्ने र यौन खेलौना साटासाट गर्दा पनि यौन रोग सर्न सक्छ ।

समलिङ्गी पुरुषहरू मात्र एचआईभी संक्रमित हुन्छन्

समलिङ्गी पुरुषहरू मात्र एचआईभी सङ्क्रमित हुन्छन् भन्ने ठूलो भ्रम छ । जुनसुकै जाति, उमेर, लिङ्ग जो सुकैलाई एचआईभी संक्रमण हुनसक्छ ।

यौनरोगको लक्षण छ भने मात्रअरुलाई सर्न सक्छ

यौनरोग लक्षण विना र लक्षणसहित फैलिन सक्छ । डब्लुएचओका अनुसार धेरैजसो यौनरोगमा लक्षण देखिंदैन । र, केहीमा हल्का किसिमका लक्षण देखिन सक्छ ।