
उपवासको महत्व धार्मिकमा मात्र छैन । स्वास्थ्यको हिसाबले पनि साताको एक दिन उपवास बस्नु फाइदाजनक मानिन्छ ।

साताको एक दिन उपवास बस्दा हाम्रो पाचन तन्तले आराम गर्ने मौका पाउँछ । शरीरले भित्र भएको विषाक्त पदार्थलाई विना कुनै भार बाहिर निकाल्न सक्छ । शुद्दीकरण गर्ने यो प्रक्रियालाई अटोफेजी भन्ने गरिन्छ ।
Advertisement

एकदिन मात्र खानेकुरा रहित शरीर भयो भने खराब कोषिका हटेर नयाँ कोषिका बन्न पाउँछ । जसले रोगको क्षमता बढाउन मद्दत गर्छ ।

शरीरको तौल नियन्त्रण गर्न पनि उपवास एउटा विकल्प हो । अध्ययनले पनि साताको एक दिन उपवास गर्नेहरुको तौल नियन्त्रण र शरीर स्वस्थ हुने देखाएको छ ।

एक अध्ययन अनुसार एक मुसालाई उपवास गराईएको थियो । फलस्वरूप, सो मुसा अरु भन्दा स्वस्थ थियो । बढी खाने मुसा भने वजन दार र बिरामी थिए ।