
मुख सुख्खा हुनु
उमेर बढेसँगै विभिन्न रोग र औषधिको प्रयोगले मुखमा र्याल उत्पादन कम हुन्छ । जसले मुख सुख्खा बनाएर सास गन्हाउने, फोहोर हुने, गिजामा संक्रमण भई दाँत कमजोर पार्छ ।

गिजामा समस्या
बुढ्यौली लागेसँगै खाना खाइसकेपछि मुख कुल्ला गर्न, दाँत सफा गर्न जाँगर चल्दैन । यही कारण मुखमा कीटाणु बढ्दै गई गिजा सुन्निने र संक्रमण बढेर दाँतको जरा कमजोर हुन्छ ।

मुखभित्रको घाउ
बुढ्यौलीमा मुखभित्र घाउ आएपछि सहजै निको हुँदैन । त्यही घाउले दाँतको जरा र गिजा बिगार्न सक्छ । धुम्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्ने वृद्धहरुमा यो समस्या झन् धेरै छ ।

कमजोर रोगप्रतिरोधी क्षमता
उमेर बढ्दै गएपछि रोगसँग लड्ने क्षमता कमजोर हुँदै गइ दाँत तथा गिजामा आउने सानोतिनो समस्या पनि बढ्दै जान्छ । अझ चुरोट, सुर्ती सेवन गर्नेहरुमा थप जटिलता हुन्छ ।

हड्डीको घनत्व घट्नु
उमेर बढेसँगै गिजामा हुने हड्डीको घनत्व घट्ने, नसा सुक्दै गई दाँतलाई नसा र हड्डीले छोड्न थाल्छ । जसकारण उमेरमा मिलेको दाँत पनि पछि कोही अगाडि र केही पछाडि भएजस्तो देखिन्छ ।