
ग्रीन टीमा के पाइन्छ ?
ग्रीन टीमा एन्टिअक्सिडेन्ट (क्याटेचिन), क्याफिन, थिनाइन, भिटामिन सी, र खनिजको मात्रा भरपुर हुन्छ ।

ग्रीन टी कति खाने ?
स्वस्थ वयस्कका लागि दैनिक २ देखि ३ कप (लगभग २४० देखि ७२० एमएल) ग्रीन टी उपयुक्त हुने सुझाव दिन्छ ।
Advertisement

कसले पिउन हुन्न ?
गर्भवती महिला, उच्च रक्तचाप भएका व्यक्ति वा पेटसम्बन्धी समस्याहरू भएकाहरूले चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

मुटुरोगको जोखिम कम
ग्रीन टीमा रहेको एन्टिअक्सिडेन्टले रक्तनली सुन्निन दिदैँन वा सुन्निएमा कम गर्छ । जसले रक्तसञ्चार सुधार गर्ने र कोलेस्ट्रोल घटाएर मुटुरोगको जोखिम कम गर्छ ।

कसरी खाने ?
ग्रीन टी अन्य चिया जस्तो पकाउनु पर्दैन । कपमा ग्रीन टी राखेर त्यसमाथि तातोपानी राख्ने । दुई–तीन मिनेट छोप्ने । त्यसपछि ग्रीन टी पिउन सकिन्छ ।