
भ्रम : तीतो खानेकुराले उच्च रक्तचाप नियन्त्रण गर्छ ।
तीतो खानेकुराले रगतको मात्रा कम गराएर धमनीको भित्तामा हुने चापलाई कम गर्छ । तर, केही समयको लागि मात्र हुन्छ । औषधिले जस्तो तीतो खानेकुराले २४ घण्टा रक्तचापलाई नियन्त्रण गरेर राख्न सक्दैन ।

भ्रम : उच्च रक्त चाप भएका व्यक्तिले व्यायाम गर्न हुँदैन ।
च्च रक्तचाप भएका व्यक्तिले पनि व्यायाम गर्न सक्छन् । तर, रक्तचापको स्तर बढिरहेको अवस्थामा शरीरलाई भार पर्ने खालका व्यायाम गरेमा नाकबाट रगत बग्नेदेखि अन्य मुटुसम्बन्धी समस्या आउन सक्छ ।
Advertisement

भ्रम : दैनिक हल्का वाइन पिउँदा उच्च रक्तचाप नियन्त्रणमा सघाउँछ ।
यसमा कुनै सत्यता छैन। वाइनले मुटुको धमिनी रहेको मांसपेशीलाई असर गरी साँघुरो बनाउँछ, जसले मुटुलाई पम्प गर्न कठिन पार्छ ।

भ्रम : बुवामा उच्च रक्तचाप भएपछि सन्तानमा पनि शतप्रतिशत हुनसक्छ ।
परिवारमा बाबुआमामा देखिएको छ भने उनीहरुको सन्तानमा शतप्रतिशत हुन्छ नै भन्ने हुँदैन । अनुमान गर्नुभन्दा पनि बेलाबखतमा रक्तचापको स्तर मापन भने गर्न सकिन्छ ।