
स्मरणशक्ति बढाउँछ
बदाममा पाइने ‘भिटामिन बि’ले दिमागी प्रक्रियालाई तीब्र बनाउँछ । स्मरणशक्ति बढाउँछ । यसको सेवनले दिमाग स्वस्थ र तेज हुन्छ ।

तनावबाट राहत
बदाममा टि्रपटोफान नामक एमिनोएसिड हुन्छ जसले मुड सुधार्ने हार्मोन सेरोटोनिनको स्राव बढाउँछ । यसले मुड राम्रो हुन्छ र मन शान्त हुन्छ ।

तौल घटाउँछ
बदाममा फाइबरको भरपुर मात्रा हुन्छ । यो इनर्जीको राम्रो स्रोत पनि हो यसैले बदाम खाँदा खाँदा छिटै भोक लाग्दैन । त्यसैले तौल व्यवस्थापनको लागि बदाम खानुपर्छ ।

गर्भवती महिलाहरुको लागि लाभदायक
गर्भवती महिलाहरुको लागि बदाम खानु फाइदाकारी हुन्छ । यसले गर्भमा बढीरहेको बच्चाको विकासको लागि फाइदाकारी हुन्छ ।

रक्त सञ्चार सही राख्छ
चिसोको कारण रक्तप्रवाहमा भैरहेको बाधा बदामको सेवनले फुकाउछ । यसले शरीरमा न्यानो हुने, हृदयघात र मुटु सम्बन्धी रोगहरुको खतरा कम हुन्छ ।

क्यान्सरसँग लड्न मद्दत गर्छ
बदाममा पाइने एन्टिअक्सिडेन्ट, आइरन, फोलेट क्याल्सियम र जिंकले शरीरलाई क्यान्सर सेलबाट लड्नको लागि मद्दत गर्छ ।