+

फोक्सो कमजोर भएको कसरी थाहा पाउने ?

वीर अस्पतालका सिनियर फोक्सो रोग विशेषज्ञ  डा. कमल थापाका अनुसार फोक्सोमा कुनै खराबी आएमा सास लिनमा समस्या हुने, बारम्बार खोकी लाग्ने, थकान र कमजोरी देखिने गर्छ ।

स्वस्थ भएको नभएको कसरी पत्ता लाग्छ ?

फोक्सोको परीक्षणका लागि थ्री बल्स स्पाइरोमिटर टेस्ट गर्न सकिन्छ । जसमा फुक्न लगाइन्छ । फुक्दा त्यस उपकरणमा भएको तीन बल माथि उठेमा फोक्सो स्वस्थ भएको मानिन्छ । यस्तो नभएमा फोक्सो कमजोर भएको शंका गरिन्छ ।

Advertisement

बेलुनको प्रयोग

बेलुनको मद्दतले फोक्सोको क्षमता परीक्षण गर्न सकिन्छ । धेरै बल नलगाई बेलुन फुक्न सकेमा फोक्सो स्वस्थ भएको मानिन्छ । यदि फुक्न निकै समस्या भएमा एकपटक चिकित्सकलाई देखाउन आवश्यक छ ।

थोरै समय सास रोकेर हेर्ने

सासलाई केही समय रोकेर हेरेर पनि यसको कार्यक्षमताको अन्दाज लगाउन सकिन्छ । यदि दुई मिनेटसम्म विना कुनै अवरोध सास रोक्न सकेमा फोक्सो स्वस्थ भएको बुझिन्छ ।

पीईएफआर टेस्ट

यो परीक्षणले फोक्सोको समग्र स्वस्थ्यबारे पत्ता लगाउँछ । यो उपकरणमा मुख राखेर फुक्दा मीटरमा हरियो बलेमा फोक्सो स्वस्थ र रातो बलेमा समस्या भएको बुझिन्छ ।

पीएफटी टेस्ट

यो परीक्षण प्रयोगशालामा गराइन्छ । यो परीक्षणले सास नली र फोक्सोको अवस्था दर्शाउछ । समस्या भए तुरुन्त पत्ता लगाउन मद्दत गर्छ ।