
धूम्रपानले फोक्सो र मुटु मात्र होइन वीर्यलाई समेत असर पार्ने गर्छ । धूम्रपान गर्ने व्यक्तिको वीर्यको गुणस्तरमा असर गर्ने विज्ञहरु बताउछन् ।

नेशनल सेन्टर फर बायोटेक्नोलोजी र हार्डवर्ड विश्व विद्यालयको अध्ययन अनुसार धूम्रपान गर्ने पुरुषको वीर्यको गुणस्तर प्रभावित भै प्रजननमा समस्या ल्याउने गर्छ ।

धूम्रपान गर्दा निस्किने निकोटिन र टक्सिनले वीर्यको संख्यामा कमी ल्याउने, आकारप्रकारमा परिवर्तन ल्याउने र गतिशिलतामा कमी ल्याई वीर्यलाई कमजोर पार्ने गर्छ।

त्यति मात्र होइन, लामो समय देखि धूम्रपान गर्नेहरुको वीर्यको डिएनएलाई हानी गरी प्रजनन् क्षमतालाई असर गर्छ । यसले गर्भ बसिहाले पनि सन्तानलाई पनि असर गर्ने अध्ययनको दावी छ ।

अण्डाले वीर्यको गुणस्तर बढाउँछ
अण्डामा प्रोटिन, भिटामिन बी १२ र ओमेगा ३ फ्याट हुन्छ । जसले टेस्टोस्टेरोंन हर्मोनको स्तरलाई बढाउने र वीर्यको गुणस्तरलाई राम्रो पार्छ ।