
गर्भनिरोधका अस्थायी साधन के छन् ?
तत्काल बच्चा जन्माउने योजना नभएको अवस्थामा कण्डम, डायफ्राम, गर्भनिरोधक चक्की, कपर्टि, नरपालान्टजस्ता अस्थायी साधन प्रयोग गरिन्छ ।

सुई कति प्रभावकारी हुन्छ त ?
यसबाहेक गर्भनिरोधक सुई पनि प्रचलनमा छन् । अनिच्छित गर्भ रोक्न प्रयोग गरिने सुई कति प्रभावकारी हुन्छ त ?
Advertisement

जब गर्भनिरोधक सुई लगाइन्छ
गर्भ रहन महिलाबाट महिनाको एक पटक अण्डा निस्कन पर्ने हुन्छ । जब गर्भनिरोधक सुई लगाइन्छ, शारीरिक सम्पर्क भए पनि त्यसले गर्भधारण हुने सम्भावनालाई रोक्छ ।

शुक्राणुलाई रोक्न मद्द
यो सुईले अण्डाशयबाट हरेक महिना अण्डा निस्कनबाट रोक्छ। यसले पाठेघरको वरिपरिको तरल पदार्थलाई पनि गाढा बनाउनुको साथै शुक्राणुलाई रोक्न मद्दत गर्छ । यसरी अण्डा निषेचित हुन पाउँदैन र गर्भ बस्ने जोखिम रहँदैन ।

यो सुई कति भरपर्दो ?
गर्भ निरोधक सुईमा ९९ प्रतिशत भन्दा बढी गर्भावस्था रोक्न प्रभावकारी हुन्छ । यसको प्रभाव १२ देखि १६ हप्ता सम्म रहन्छ।