
महिलाले लगाउने भित्रि वस्त्र 'ब्रा'ले स्तनको आकारलाई सन्तुलनमा राख्ने, सहज गराउने मात्र नभई शरीर सुगठित देखिन्छ । तर, एउटै ब्रा लामो समयसम्म भने प्रयोग गर्नु स्वास्थ्यका हिसाबले ठिक नहुने विज्ञ बताउछन् ।

ब्राको पनि एक्सपाइरी डेट
ब्राको एक्सपाइरी डेट हुने हुँदा एकै ब्रा लामोसमयसम्म प्रयोग गर्नु हुँदैन । किनकि, ब्राको गुणस्तर बिस्तारै खस्कदै जान्छ ।
Advertisement

विस्तारै ब्रा खुकुलो हुँदै जाने, कपडा मक्किदै जाने हुँदै गएमा स्तनको आकार सन्तुलित हुन पाउदैन । हेर्दा मात्र होइन, आकारमा पनि असर गर्छ ।

छालामा समस्या
कपडा मक्किएको ब्राले छालामा धर्सा, रातो पार्ने र छालालाई नाजुक बनाउन सक्छ । यो धुँदा सफा पनि राम्रोसँग हुँदैन । जसले ब्याक्टेरिया ब्रामा जम्मा भै बस्छ । जसले छाला सम्बन्धि समस्या गराउनसक्छ ।

रक्तसंचारमा समस्या
पुरानो ब्रा कसिलो हुँदा पनि लाइरहनु भएको छ भने यसले रक्तसंचार राम्रोसँग हुन पाउँदैन ।