
जटिल समस्या छैन भने
गर्भावस्थामा महिलालाई कुनै पनि जटिल समस्या छैन भने दम्पतीले शारीरिक सम्बन्ध बनाउन मिल्छ । गर्भवती भएको ९ महिनासम्म महिलाको इच्छा छ भने जुनसुकै समयमा पनि सम्बन्ध राख्न सकिन्छ ।

गर्भको बच्चालाई असर पर्दैन ?
अल्ट्रासाउन्ड गराउँदा बच्चा तथा आमाको स्वास्थ्यमा कुनै समस्या छैन भने सम्बन्ध राख्दा बच्चामा कुनै असर गर्दैन ।
Advertisement

सम्बन्ध नराख्नु नै उचित
सम्पर्क राख्दा महिलालाई अत्यधिक पेट दुख्ने, यौनांग चिलाउने वा उसलाई इच्छा छैन भने चाहिं सम्बन्ध नराख्नु नै उचित हुन्छ ।

तर, यी समस्या छ भने
यदि गर्भावस्थाको बेलामा रक्तस्राव भइरहेको छ, साल तल बसेको छ, पहिलो बच्चा समय अगावै जन्मिएको छ भने शारीरिक सम्बन्ध नराख्नु नै उचित हुन्छ ।