
स्वस्थकर खानपिन
बजारको खानेकुराभन्दा घरमै पकाएको ताजा खानेकुरा खाने बानी बसाउनुपर्छ । घरमै पकाएको खाना खुवाउँदा बच्चाले राम्रो पोषण पाउँछन् । अनावश्यक बोसो पनि बढ्दैन ।

आउटडोर खेल खेल्न प्रोत्साहन गरौं
दैनिक कम्तीमा एक घण्टा खेलकुद वा बाहिरी गतिविधिमा संलग्न गराउनु उपयुक्त हुन्छ । साइक्लिङ, दौड, स्वीमिङ तथा अन्य रमाइला खेल खेल्न प्रोत्साहन गर्नुपर्छ ।
Advertisement

स्क्रिन समय सीमित गरौं
बच्चाको स्क्रिन टाइम सीमित गरियो भने उनीहरूले बाँकी समय अन्य काममा बिताउन पाउँछन् । स्क्रिन टाइम कम गरेर बाँकी टाइममा बच्चालाई बाहिर खेल्न पठाउने वा अभिभावक नै बालबालिकासँग खेल्न सक्छन् ।

खाना खाने तरिका सुधारौं
टिभी हेर्दै वा खेल्दै गर्दा खाने बानीले बच्चाहरूको तौल बढ्छ, त्यसैले खाना खाँदा ध्यान खानामा राख्नु महत्त्वपूर्ण हुन्छ । त्यसको लागि अभिभावक पनि सँगै बसेर खानुपर्छ ।