+

मेकअप गरेर पनि नेचुरल लुक्स कसरी पाउने ?

अहिले मेकअप गरेर पनि नेचुरल देखाउने लुक ट्रेन्डमा छ । जसले अनुहारलाई  मेकअप गरेर सदाबाहर फ्रेस र नेचुरल देखाउँछ ।

अनुहार प्राकृतिक रुपमा राम्रो देखिन अनुहारको छाला स्वस्थ र चमकदार हुन आवश्यक छ । त्यसको लागि सधै छाला सफा राख्ने र मोस्चोराइजर लगाउने र घामबाट बच्नुपर्छ ।

Advertisement

अनुहार थोरै चमकदार होस् भन्ने चाहनुहुन्छ भने थोरै फाउन्डेसन वा बीबी क्रिम लगाउन सकिन्छ ।

फाउन्डेसन वा बीबी क्रिम लगाउन औला र स्पन्जले राम्रोसँग ब्लेण्ड गर्दा अनुहार नेचुरल देखिन्छ ।

आँखाको मुनि डार्क सर्कल छ भने कन्सिलरको प्रयोग गर्नुपर्छ । यसलाई डार्क सर्कल मुनि हल्का लगाउन सकिन्छ ।

आइब्रोलाई एक ब्रस लिएर हल्का आइब्रो जेलले सेट गर्न सकिन्छ । यसले आइब्रोलाई निखार ल्याउँछ । अनुहारलाई छुटै प्रकारको राम्रो देखाउँछ ।

गालालाई हल्का ब्लस लगाएर नेचुरल लुक्स दिन सकिन्छ ।

ओठलाई हाइड्रेट राख्नको लागि लिप बाम लगाउन सकिन्छ । अनुहारको केही भागलाई हाइलाइट गरेर प्रयोग गरिन्छ ।

मेकअपले मात्र हुँदैन । अनुहार खुल्नको लागि आत्मविश्वास पनि हुनुपर्छ । जसले अनुहार उज्यालो पार्छ ।