+

केमिकलयुक्त तरकारी कसरी चिन्ने ?

आजभोलि बजारमा बेच्न राखिएका तरकारी र फल पहिलाको जस्तो छैनन् । न पहिलाको जस्तो स्वाद, न बास्ना । जति खाए पनि मिलन पर्ने पौष्टिक तत्व शरीरले पाइरहेको हुँदैन । यसको कारण हो, रसायन र मिसावट ।

छिटो मुनाफाका लागि हानिकारक उब्जनी

अर्गानिक खेती गर्दा समय बढी लाग्ने र मेहेनत पनि त्यही अनुसारको लाग्छ । त्यही कारण छिटो उत्पादन र बढी मुनाफाका लागि रसायन तरकारीमा प्रयोग गरिंदै छ ।

Advertisement

तरकारीमा सुईको प्रयोग

लौका, गोड्भेला र भिंडी र अन्य फललाई अवशीभन्दा छिटो बढाउन र आकर्षक देखाउन अक्सिटोसिन जस्तो इन्जेक्सन लगाईन्छ । हेर्दा आकर्षक देखिने यो खानु भनेको मन्द विष खानु हो ।

भरिलो र आकर्षक तरकारीबाट बचौं

कयौं पसलमा ताजा र हरियो देख्ने सागसब्जी बेच्नको लागि केमिकलयुक्त रङ लगाइन्छ । फलहरुलाई चम्किलो बनाउनको लागि मोमको पोलिसिङ लगाइने गरेको पाइन्छ ।

यस्ता तरकारी खाँदा के हुन्छ ?

विषादी रसायन मिसिएको तरकारी वा फल खाँदा फुड पोइजन, पेट दुखाइ, कलेजोको समस्या देखि बढ्दै गएमा क्यान्सरसम्म हुनसक्छ । त्यसैले, अर्गानिक खानेकुरा बढी खान चिकित्सकहरु सुझाउछन ।

तरकारी वा फलफुल

स्याउ, सुन्ताला र मेवामा मैनको पोलिस हुनसक्छ । यसलाई पत्ता लगाउन फलको सतहमा हल्का कोटाएर हेर्दा पातलो पत्र निक्लिन थालेमा मैन लागेको हो । यस्तो खानेकुरा खरिद गर्नु हुँदैन ।