
बालबालिका वयस्कको तुलनामा बढी बिरामी हुन्छन् । बिरामी भइरहनुको कारण हो, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु। उनीहरुलाई निरोगी बनाउन खानपान तथा जीवनशैलीमा ध्यान दिनुपर्छ ।

खानपान
रोगप्रतिरोधात्मक क्षमता बढाउन बालबालिकालाई प्रोटिन, मिनरल्स, फाइबर, आइरनलगायत पोषण पाइने तत्व जस्तै, दुध, गेडागुडीको झोल,सागपात, अण्डा, माछा मासुलगायत घरमै बनेको स्वस्थ खानेकुरा खुवाउन सकिन्छ ।

व्यायाम
प्रतिरोधात्मक क्षमता बढाउन पाँच वर्षभन्दा माथिका बालबालिकालाई सिकाउनुपर्छ ।
ब्याडमिन्टन, बास्केटबल, योग, साइक्लिङ, स्किपिङ, मर्निङ वाक जस्ता व्यायामले मुटु, फोक्सो, हड्डी, मांसपेशी, मानसिक रुपमा स्वास्थ्य बनाउन मद्दत गर्छ ।

पर्याप्त निद्रा
बालबालिकालाई ९ देखि १२ घण्टा सुताउनुपर्छ । बालबालिकालाई समयमा पूरा निद्रा सुतेमा उनीहरुको रोगप्रतिरोधात्मक क्षमता बढ्छ ।

सरसफाइ गर्न लगाउने
बालबालिका सरसफाइमा खासै ध्यान दिंदैनन् । बाह्य संक्रमण प्रवेश गर्न नदिन खाना खानुअघि हातमुख धुन लगाउने, सफा लुगा लगाइदिने, नङ काटिदिने, मनतातो पानीले नुहाइदिने गर्नुपर्छ ।