+

खुसीको हर्मोन ‘डोपामाइन’ शरीरमा कसरी बढाउने ?

स-सानो कुरामा खुसी हुने

डोपामाइन हर्मोनले खुसी हुनका लागि प्रेरित गर्छ । त्यसैले डोपामानलाई ‘फिल गुड हर्मोन’ पनि भनिन्छ । त्यसैले, सानो-सानो कुरामा खुसी भयो भने यो हम्रोन प्राकृतिक रुपमा बढ्न सक्छ ।

नयाँ अनुभव

कुनै नयाँ कुराको अनुभवले पनि हाम्रो मस्तिष्क उत्तेजित हुन्छ । र, शरीरमा डोपामाइन हर्मोनलाई बढाउँछ । नयाँ नयाँ कुराको अनुभव गरेर प्राकृतिक रुपमा डोपामाइन बढाउन सकिन्छ ।

Advertisement

नयाँ साथी

नयाँ साथी तथा सम्बन्धले पनि डोपामाइन बढ्छ । साथीसँग सम्बन्धित सकारात्मक भावना अनुभव गर्दा अक्सिटोसिनले सेरोटोनिन र डोपामाइनको रिलिजलाई सक्रिय गर्छ ।

प्राकृतिक खाना

स्वस्थ र सन्तुलित खाना शारीरिक तथा मानसिक स्वास्थ्यका लागि महत्त्वपूर्ण छ । डोपामाइनको कमी हुन नदिन प्राकृतिक र सन्तुलित खाना खानुपर्छ ।

माफी दिँदा

यदि केही कुरामा कसैसँग मनमुटाब भएको छ । र, त्यो व्यक्तिले आफ्नो गल्ती स्विकारेर माफी माग्छ भने उसलाई माफी दिँदा सकारात्मक ऊर्जा प्राप्त हुन्छ र डोपामाइन बढ्छ।

व्यायाम

नियमित रूपमा व्यायाम गर्ने बानीले डोपामाइन हार्मोनको स्तर बढाउन मद्दत गर्छ । यी हर्मोनले मुड सुधार्न मद्दत गर्छ । त्यसैले खुसी रहन र राम्रो स्वास्थ्य कायम राख्न नियमित व्यायाम गर्नुपर्छ ।

कृतज्ञताको भावना

कृतज्ञता जीवनमा राम्रो कुरालाई स्वीकार गर्ने भावना हो । कृतज्ञता खुसीसँग जोडिएको हुन्छ, जसले डोपामाइन हर्मोनलाई बढाउँछ ।

योग ध्यान

योग ध्यानले पनि डोपामाइन हार्मोनको मात्रा बढ्ने विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले, शरीरमा डोपामाइन हार्मोन बढाउन योग, ध्यान गर्नुपर्छ ।

प्रकृतिसँग रमाउने

बाहिरी गतिविधिहरू जस्तै हरियाली वातावरणमा हिँड्ने, बगैँचामा काम गर्ने वा प्रकृतिको मजा लिनेले सूर्यको प्रकाश पाइन्छ जसले मुड सुधार्न मद्दत गर्छ र डोपामाइन बढ्छ ।

प्रेम

प्रेमले आनन्द महसुस, ऊर्जा बढाउँछ । जसले हाम्रो मस्तिष्कबाट उत्सर्जन हुने प्रेमिल हर्मोन डोपामाइन उत्पन्न हुन्छ ।

घाममा बस्दा

सूर्यको किरणले हाम्रो शरीरमा रहेको डोपामाइनलाई बढाउँछ । त्यसैले नकारात्मक भावनाहरू आइरहन्छ भने घरभित्र एक्लै बस्नु भन्दा घाममा बस्नु राम्रो हुन्छ ।