+

यी ६ लक्षण देखा परे मन शुद्धीकरण जरुरी

बारम्बार नकारात्मक सोच आएमा

मनमा धेरै नराम्रो कुरा मात्र खेल्न थाल्छ । उत्साह, ऊर्जा र जाँगर हराउँछ । यस्तो स्थिति शारीरिक रोगले मात्र नभई मानसिक कारणले हुनसक्छ । यस्तो अवस्थामा मनको शुद्धीकरण गर्न जरुरी छ ।

अति रिस उठ्न थालेमा

कारण बिना नै सानोतिनो निहुँमा पनि झनक्क रिस उठिरहन्छ भने यो सामान्य होइन । यसले के बताउँछ भने हाम्रो मनलाई शुद्धीकरण गर्न जरुरी छ ।

Advertisement

हीनताबोध वा ग्लानि

कतिपय गल्ती, कमजोरीले गर्दा हाम्रो मनमा हीनताबोध हुन्छ । ग्लानि भावले हामीलाई भित्रभित्रै नराम्ररी पिरोल्ने गर्छ । त्यसैले जतिसक्दो चाँडो यस्तो भावबाट बाहिर आउनुपर्छ ।

मानिसहरुसँग घुलमिल गर्नमा सकिएन भने

छरछिमेक, साथीभाइ, आफ्नै नातागोता या आफन्तकहाँ प्रस्तुत हुन कठिन हुन्छ । मनै लाग्दैन । प्रस्तुत हुनुपरेमा अत्यास लाग्छ भने पनि भावनात्मक रुपमा कमजोर भइरहेका संकेत गर्छ ।

थकान महसुस हुनु

कुनै काम नै नगरेको अवस्थामा पनि थकान महसुस हुन्छ भने दिमागको ध्यान दिनुपर्ने हुन्छ । किनभने दिमागले धेरै सोच्नाले पनि दिमाग थाक्छ । यस्तोमा कुनै पनि काममा मन नलाग्ने र टाउको भारी हुने समस्या हुनसक्छ ।

मुड स्वीङ हुनु

मुड स्वीङ हुने अर्थात् बारम्बार जसो कहिले एक्कासि एकदम खुसी हुने र कहिले एकदम दु:खी हुने अवस्थालाई हेल्चेक्राइँ गर्नुहुँदैन । यस्तो अवस्थामा आफ्नो मानसिक शुद्धीकरण गर्न आवश्यक हुन्छ ।

मनलाई कसरी शुद्धीकरण गर्ने ?

सबैभन्दा नजिकको मान्छेसँग बातचित गर्ने, मनोरन्जनमा बढी संलग्न गराउने, रमाइलो फिल्म हेरेर हुन्छ वा पुस्तक पढेर वा संगीत सुन्ने, घुम्ने, प्राणायाम र व्यायामलाई दैनिकी बनाएमा मन शुद्धीकरण हुनसक्छ ।