+
+

मकैको च्याख्ला उत्तम कि चामल ?

चामल कार्बोहाइड्रेट, च्याख्ला फाइबरको राम्रो

चामलमा कार्बोहाइड्रेट पाइन्छ । च्याख्लामा धेरै फाइबर पाइन्छ । यी दुबैको पोषक तत्व फरक भएकाले यो राम्रो वा नराम्रो भन्ने हुँदैन ।

चामल चटक्कै छाडेर च्याख्ला खाँदा के हुन्छ ?

चामल चटक्कै छाडेर च्याख्ला खाँदा शरीरलाई सिधै असर त गर्दैन । तर, मकैमा कतिपय अमिनो एसिडहरूको अभाव हुन्छ । हाम्रो शरीरलाई चाहिने ‘अलैलिन’ र ‘ट्रिप्टोफान’ लगायतका अमिनो एसिड पाइँदैन ।

Advertisement

च्याख्ला पोषक तत्वको भण्डार

च्याख्लामा भिटामिन सी, डी, इ, लगायतका भिटामिनहरू पाइन्छ । मकैको बोक्रासहित बनाइने भएकोले यसमा प्रशस्त फाइबर पनि हुन्छ ।

चामलमा पनि धेरै पोषक तत्त्व

धानलाई ढिकीमा कुटेर त्यसको भुस मात्र निकालेको चामलमा पनि धेरै पोषक तत्त्व पाइन्छ । विभिन्न भिटामिन मिनरल्स पनि त्यसमा पाइन्छ

च्याख्ला ले पाचन प्रणाली राम्रो

च्याख्लामा प्रशस्त मात्रामा फाइबर हुने भएकोले पाचन प्रणालीलाई राम्रो बनाउँछ र पेट सफा रहन्छ ।

मधुमेहमा च्याख्ला नै राम्रो भन्ने हुँदैन

मधुमेह छ भने चामल तुरुन्तै छोडेर च्याख्ला , रोटी जति खाए पनि हुन्छ भन्ने जुन भ्रम छ त्यो गलत हो । रगतमा सुगर बढ्ने भनेको खानाबाट आउने कार्बोहाइड्रेट र इस्ट्राचबाट हो