+

उदासीको कारण डोपामाइनको कमी त होइन ?

आक्रामक हुनु

डोपामाइनले शान्त रहन मद्दत गर्छ र दबाबमा पनि रिसलाई नियन्त्रण गर्न सहयोग गर्छ । तर कम डोपामाइन भएका व्यक्ति सजिलै रिसाउने, उत्तेजित हुने वा आक्रामक हुन्छन्

प्रेरणाको कमी

कुनै पनि काम राम्रो र खुसीसाथ गर्न प्रेरणा चाहिन्छ । हरेक काममा निरासा छ, कुनै काम गर्न वा हिंड्डुल गर्न मन लाग्दैन भने यो डोपामाइनको कमीको कारण हुनसक्छ ।

Advertisement

शान्त भएर बस्न नसक्ने

कसैलाई हरेक काम बोरिङ लाग्छ । काम गर्नै मन लाग्दैन, दिमाग काम भन्दा पनि अन्य कुरामा रमाउन चाहन्छ भने यो डोपामाइनको कमीले हुनसक्छ ।

ध्यान केन्द्रित गर्न समस्या

यदि कुनै पनि काममा ध्यान केन्द्रित भइरहेको छैन भने डोपामिनको कमीका कारण हुनसक्छ ।

डोपामाइनको मात्रा बढाउन के गर्ने ?

बदाम, फलफूल, तरकारी, दूध तथा दुग्धजन्य पदार्थ, चकलेट, माछा मासु र कफी जस्ता खानेकुरा खाने, नियमित व्यायाम गरेर र निद्रा तालिका सुधार गरेर डोपामाइन हार्मोनको मात्रा बढाउन सकिन्छ ।