+
+

धेरै सपना देख्नु राम्रो होइन, किन ?

निद्रा औषधि समान

निद्रा औषधि समान हो । आयुर्वेदले निद्रालाई स्वस्थ जीवनको एक महत्वपूर्ण कडीको रुपमा लिएको छ ।

गहिरो निद्रा

गहिरो निद्रा सामान्यत हामी सुतेको प्रारम्भिक चरणमा लाग्छ । जस्तो हामी ८ बजे सुत्यौं भने हामीलाई लाग्ने सुरुवाती निद्रा गहिरो हुन्छ ।

Advertisement

राती चाडै सुतेका छौं भने

गहिरो निद्रा केही समय, केही घण्टाको मात्र हुन्छ । राती चाडै सुतेका छौं भने हामीले गहिरो निद्रामा जान सक्छौं ।

गहिरो निद्रा भंग

गहिरो निद्रापछिको चरणमा भने हामी सपना देख्न थाल्छौं । सपना देख्नु भनेको गहिरो निद्रा भंग भइसकेको अवस्था हो ।

निद्राको गणना

यतिबेला हाम्रो अवचेतन मन, विचार चलिरहेको हुन्छ । त्यसैले जतिपनि सपना देखिन्छ, त्यसलाई कटाएर मात्र निद्राको गणना गर्नुपर्ने हुन्छ ।

शारीरिक स्वास्थ्यका हिसाबले रामो मानिदैन

यसर्थ सपना देखेको अवस्था शारीरिक स्वास्थ्यका हिसाबले रामो मानिदैन । प्राय कमजोर वा डराएको व्यक्तिहरुले बढी सपना देख्छन् ।