+

पदयात्रामा रमाउँदै मलिना

मिस नेपाल वर्ल्डका शीर्ष विजेता

सन् २०११ मा मिस नेपाल वर्ल्डका शीर्ष विजेता हुन् मलिना जोशी । त्यसबाहेक पनि उनको केही परिचय छन् । जस्तो अभिनेत्री, कन्टेन्ट क्रिएटर आदि ।

सोसल मिडिया इन्फ्लुएन्सर पनि

उनी सोसल मिडिया इन्फ्लुएन्सर पनि हुन्, जो कन्टेन्ट क्रिएटरको रुपमा टिकटक, इन्स्टाग्राम र युट्युबमा व्यस्त छिन् ।

Advertisement

नौवटा फिचर फिल्ममा अभिनय

मलिनाले करिअरमा नौवटा फिचर फिल्ममा अभिनय गरेकी छन् । उनको डेब्यु लिड फिल्म ‘ऋतु’ हो ।

डोल्पाको शे–फोक्सुण्डोदेखि पूर्वको सगरमाथा क्षेत्रमा पदयात्रा

पछिल्लो पर्यटकीय सिजनमा उनले डोल्पाको शे–फोक्सुण्डोदेखि पूर्वको सगरमाथा क्षेत्रमा पदयात्रा गरिन् । उनको पदयात्राका तस्वीर र भिडियोले प्रशंसकलाई पदयात्रामा प्रेरित गर्नसक्छ ।

घुमघाममा रुचि

उनी घुमघामका भ्लग बनाउँछिन् । मलिनाको सबैभन्दा रुचि घुमघाममा छ

पशुपंक्षीसँग विछट्टै लगाव

उनमा पशुपंक्षीसँग विछट्टै लगाव रहेको पाइन्छ । घुमघामका क्रममा उनले त्यस्ता फोटो, भिडियो साझेदार गरेकी छिन् जहाँ उनलाई पशुपंक्षीसँग रमाइरहेको देखिन्छ ।