
स्वास्थ्यलाई धेरै किसिमले फाइदा
एन्टिबायोटिक र एन्टी-इन्फ्लेमेटरी गुणले भरिपूर्ण फिटकिरी प्राय: भान्सामा हुने रासायनिक पदार्थ हो । यसले स्वास्थ्यलाई धेरै किसिमले फाइदा पुर्याउँछ ।
Advertisement

टन्सिलको समस्यामा
फिटकिरीमा एन्टिबायोटिक गुण पाइन्छ, जसकारण यो धेरै प्रकारका संक्रमणसँग लड्न निकै प्रभावकारी हुन्छ । मुखमा घाउ आउने र टन्सिलको समस्यामा यसको प्रयोग गर्न सकिन्छ ।

एक्जिमा, डन्डीफोर जस्ता समस्यामा
घाँटी दुख्ने, शरीरको दुर्गन्ध, चिलाउने, एक्जिमा, डन्डीफोर जस्ता समस्यामा फिटकिरी फाइदाजनक मानिन्छ ।

पायल्सको समस्यामा
महिलाको यौनाङ्गबाट सेतो पानी बग्ने समस्या, पायल्सको समस्या र युरिन इन्फेक्सनको समस्यामा पनि फिटकिरीको प्रयोग गरिन्छ ।