
वंशाणुगत
बाबुआमा मोटोघाटो भएका बाबुआमाका सन्तानमा पनि मोटोपन बढ्न सक्ने सम्भावना बढ्छ । यसो भन्दैमा मोटोपन पूर्ण रूपमा पूर्वनिर्धारित छ भन्ने होइन । वंशाणुगत हुन सक्ने भए पनि मानिसको जीवनशैली कस्तो छ, त्यसमा मोटोपन निर्धारण हुन सक्छ ।

अत्यधिक खाने
हामीले खाने र पिउने चीजले शरीरलाई क्यालोरी प्राप्त हुन्छ । आवश्यकताभन्दा बढी क्यालोरी भएमा शरीरलाई भार पर्छ र त्यो खर्च हुने अवस्था नहुँदा बोसो जम्मा भएर मोटोपन हुन्छ ।

बढ्दो उमेर
बढ्दो उमेरसँगै शरीरका अंगहरूले राम्रोसँग काम गर्दैन । जसकारण मोटोपन बढ्न सक्छ । उमेर बढ्दै जाँदा शरीरको मेटाबोलिजम प्रतिक्रिया सुस्त हुँदै जाने हुँदा पाचन शक्ति कमजोर हुन थाल्ने र मांसपेशी पनि कमजोर हुन थाल्छ ।

निष्क्रियता
टन्न खाने तर कुनै किसिमको शारीरिक गतिविधि वा व्यायाम भएन भने शरीरले खानाबाट प्राप्त क्यालोरी खपत गर्न सक्दैन र त्यो बोसोको रूपमा जम्मा हुन थाल्छ । मोटोपनलाई बढावा दिन्छ ।

निद्राको कमी
पर्याप्त निद्रा नपुग्दा पाचन शक्ति कमजोर हुन्छ, मेटाबोलिजम सुस्त हुन थाल्छ, मांसपेशीलाई आराम मिल्दैन र यसले भोक पनि बढाउँछ । यी सबै कारणले गर्दा विस्तारै मोटोपन बढ्न थाल्छ ।