+

पुरुषले गर्ने पर्ने सात परीक्षण

प्रोस्टेट क्यान्सर परीक्षण

पुरुषहरुमा ४० वर्ष कटेपछि नै प्रोस्टेट ग्रन्थीको आकार बढ्न थाल्छ । आकार बढेसँगै कतिपय पुरुषमा प्रोस्टेट क्यान्सरको सम्भावना पनि रहन्छ ।

प्रोस्टेटको समस्या वा क्यान्सर भैसकेको छ, छैन परीक्षण गर्न ४० वर्ष कटेपछि प्रोस्टेटको परीक्षण गर्नु आवश्यक छ ।

फोक्सो क्यान्सर परीक्षण

तुलनात्मक रुपमा पुरुषहरु बढी चुरोट खाने गर्छन् । कतिले किशोरावस्थादेखि चुरोट खान सुरु गर्छन् ।

यसरी चुरोट खाने पुरुषहरु जहिलेपनि फोक्सोको क्यान्सरको जोखिममा हुन्छन् । नियमित रुपमा चुरोट खानेहरुले त फोक्सोको परीक्षण गराउनै पर्छ ।

Advertisement

कोलेस्टेरोल

मोटोपन, चुरोट सेवन, उच्च रक्त चाप, अस्वस्थ जीवनशैली र परिवारमा कसैलाई हृदयघात भएको इतिहास छ भने कोलेस्टेरोलको जोखिम अरु बढी हुनसक्छ ।

त्यसैले, २० बर्षको उमेरपछि नै कोलेस्टेरोलको जाँच गराउनु उचित हुन्छ।

कोलोनस्कोपी

बढ्दो उमेरसँगै पुरुषको आन्द्रामा समस्या वा क्यान्सर हुने जोखिम बढ्छ । आन्द्रामा देखिने स–साना गाँठो नै पछि क्यान्सरको रुप लिन सक्छ ।

त्यसैले, यस्ता गाठाँगुठी वा आन्द्रामा कुनै समस्या छ भने तुरुन्त परीक्षण गर्नुपर्छ ।

उच्च रक्तचाप र मुटुको स्वास्थ्य

उमेरले ३० वर्ष पार गरेपछि पुरुषहरुमा उच्च रक्तचापको जोखिम बढ्न थाल्छ । खानपान, जीवनशैलीसँगै बढ्दो उमेरमा मुटुको कार्यक्षमता पनि कमजोर हुँदै जान्छ ।

रक्तचाप सामान्य भएमा पनि वर्षेनी परीक्षण भने गराउनु उचित हुन्छ ।

मधुमेह

उमेर बढ्दै गएपछि पुरुषले मधुमेहको जाँच पनि गर्नु जरुरी हुन्छ । मोटोपन भएका वा निस्क्रिय जीवन विताइरहेकाहरुमा मधुमेहको जोखिम उच्च हुन्छ ।

चुरोट र रक्सी सेवन गर्नेहरुमा यो जोखिम अरु बढ्छ ।