+

एन्जाइटी नियन्त्रण गर्ने ७ उपाय

आफूलाई समय दिने

अनेक कुराले मनमस्तिष्कमा उथलपुथल गराइरहेका हुन्छन् । यसबाट हुने असर कम गर्न घुमफिर गर्ने योजना बनाउने, नयाँ-नयाँ कुरामा चासो राख्‍ने, रुचिकर विषय खोज्ने र त्यसमा लाग्ने गर्दा दिमागले राहत अनुभव गर्छ ।

ध्यान, योगलाई समय दिने

नियमित ध्यानले सेरोटोनिनजस्ता न्युरोट्रान्समिटरको वृद्धि गर्छ । जसले मनमा नकारात्मक भाव पैदा हुन दिंदैन ।

Advertisement

क्याफिन सेवन सीमित गर्ने

क्याफिनले थोरै मात्रामा ऊर्जा र सतर्कतामा सकारात्मक प्रभाव पार्छ । तर अधिक मात्रामा सेवन गर्दा चिन्ता निम्त्याउन सक्छ । तसर्थ दिनचर्याबाट क्याफिन हटाएर तनावलाई नियन्त्रण गर्न सहयोग पुग्छ ।

पर्याप्त निन्द्रा

एन्जाइटीबाट गुज्रिरहेकालाई सुत्न समस्या हुन सक्छ । राम्रो विकल्प भनेको सुत्ने समय तालिका बनाउनु हो । आठ घण्टा निद्राको लागि छुट्याएर सुत्ने समयभन्दा एक घण्टाअघि सामाजिक सञ्जाल र स्क्रिनबाट टाढा रहनु उपयुक्त हुन्छ।

अनुहारमा ध्यान दिने

तनावमा रहने व्यक्तिको मुख कसिलोजस्तो हुन्छ । एन्जाइटीले अनुहारलाई नै फ्रिज गराउन सक्छ । त्यसकारण आफ्नो अनुहारको हाउभाउलाई बेलाबखतमा याद गरिरहनुपर्छ ।

चिकित्सकसँग परामर्श

यदि तनाव व्यवस्थापनका अनेकौं प्रयासले पनि कुनै परिवर्तन आएको छैन जस्तो लागिरहेको छ भने पक्कै पनि मनोचिकित्सकसँग परामर्श लिन सकिन्छ ।