+

अण्डाको पहेंलो भाग खान हुन्न ?

उसिनेको अण्डामा लगभग १८६ मिलिग्राम कोलेस्ट्रोल हुन्छ ।  यस्तोमा प्रश्न उठ्न पोषण तत्वले भरपर अण्डा कोलेस्ट्रोलको बिरामीले खान हुन्छ ?

अध्ययनका अनुसार दैनिक एक देखि दुईवटा अण्डा खाँदा कोलेस्ट्रोल बढ्दैन ।  तर, उच्च कोलेस्ट्रोल वा मुटुको भएका व्यक्तिले भने अण्डा खाँदा विशेष ध्यान दिनुपर्छ ।

Advertisement

उनीहरुले  अण्डाको सेतो भाग खान सक्छन । सेतो भागमा प्रशस्त प्रोटिन हुन्छ ।  जुन मुटुका बिरामीले लागि पनि फाइदाजनक हुन्छ ।

अण्डाको सेतो भाग खाँदा रक्तचाप र मुटु स्वास्थ्यमा सुधार आउँछ ।  पहेंलो भागमा कोलेस्टेरोल बढी हुने भएकोले उच्च रक्तचाप, कोलेस्टेरोलका बिरामी र मुटुसम्बन्धी बिरामीले भने पहेंलो भाग नखाएको राम्रो हो ।

त्यसबाहेकका स्वस्थ व्यक्तिले भने पहेंलो भाग खान सक्छन्  । अण्डाको फाइदा लिनको लागि सन्तुलित खानेकुरासँग अण्डाको सेतो भाग खान सकिन्छ ।