+

घाम ताप्नु पनि औषधि

भिटामिन डीको प्राकृतिक स्रोत घाम

बिहानको घाममा भरपुर मात्रामा भिटामिन डी हुन्छ । भिटामिन डी छालामार्फत बोसो तत्वमा घुलमिल हुन्छ ।

कति बेर बस्ने ?

विशेषगरी भिटामिन डीको लागि बिहानको ७ बजेदेखि ९ बजेसम्मको घाम सबैभन्दा फाइदाजनक हुन्छ । समय नमिलेको खण्डमा साँझको घाममा पनि बस्न सकिन्छ ।

Advertisement

सनस्क्रिन लगाउनुपर्छ ?

सनस्क्रिन घाममा बस्दा होस् वा नहोस् लगाएर बस्नु उचित हुन्छ। यसले छालालाई सूर्यबाट निस्कने हानिकारक विकिरणबाट सुरक्षा दिन्छ।

भिटामिन डी क्याप्सुल खानुपर्छ ?

शरीरमा भिटामिन डीको कमी देखिएमा क्याप्सुल खानुपर्छ । तर चिकित्सकको परामर्श र परीक्षण गराएर मात्र खानुपर्छ ।