
हामीले खाएको खाना पनि पेटमा पुगेर पच्न सुरु हुन्छ । खाना राम्रोसँग नपचेमा एसिडीटीसँगै अन्य समस्या नहोला भन्न सकिन्न ।
Advertisement

ग्यास्ट्रिक जुसमा रहेको तेजाब मध्ये एक हो, हाइड्रोक्लोरिक एसिड । यो तेजाब कति घातक छ भन्ने कुरा त्यसको पिएच लेभलबाटै थाहा हुन्छ ।

हाइड्रोक्लोरिक एसिडको पीएच मान दुई हुन्छ । अर्थात् यो एसिड यति खतरनाक हुन्छ कि कुनै पनि वस्त्तुलाई पगाल्न सक्छ ।

हाईड्रोक्लोरिक एसिड पेटलाई अम्लीय बनाउछ ।जसले जे खान्छौं त्यो पचाउने मात्र नभएर आन्द्रामा पुगेको ब्याक्टेरिया र भाइरसलाई पनि सखाप पार्छ ।