+

यी ५ योगासन, जसले पेटको बोसो घटाउँछ

उष्ट्रासन

उष्ट्रासन दुई शब्द मिलेर बनेको छ– उष्ट्र अर्थात उँट र आसन अर्थात मुद्रा । यो आसन गर्दा शरीरको आकृति उँटको जस्तै बन्ने भएको हुनाले यो आसनलाई उष्ट्रासन नामाकरण गरिएको हो ।

पाद–हस्तासन

पादहस्तासन शब्द तीन शब्द मिलेर बनेको छ । यसको पहिलो शब्द ‘पाद’ जसको अर्थ खुट्ट हुन्छ । दोस्रो शब्द ‘हस्त‘ जसको अर्थ हात हुन्छ र तेस्रो शब्द आसन जसको अर्थ मुद्रा हो । पेटको बोसो घटाउन र पाचन क्रिया राम्रो बनाउन यो आसन उपयोगी हुन्छ ।

Advertisement

सन्तुलनासन

सन्तुलनासन सूर्य नमस्कार को १२ आसनमध्ये एक हो । यस योगभ्यासमा हात र खुट्टाको औंलाको भरमा शरीरको सन्तुलन राख्नुपर्ने हुन्छ । तौल नियन्त्रणका लागि यो उपयोगी आसन हो ।

नौकासन

यस आसनको अन्तिम स्थितीमा हाम्रो शरीर नौका जस्तै देखिन्छ । पेटको आसपास रहेको बोसो घटाउन यो आसन उपयोगी मानिन्छ ।

हलासन

पाचन प्रणालीलाई बलियो बनाउनका साथै रोग प्रतिरोधी क्षमता बढाउन यो आसन उपयोगी मानिन्छ ।