
बालबालिका पटक पटक बिरामी भइरहन्छन भने प्रतिरोध क्षमता कम भै रहेको संकेत हो । उनीहरु स्वस्थ रहन प्रतिरोध क्षमता बलियो हुन आवश्यक छ । केही खानेकुरा छन् जसले प्रतिरोधात्मक क्षमता बलियो बनाई रोगसँग लड्न मद्दत गर्छ ।

बेसार हालेको दूध
बेसारमा कक्युर्मिन नामक एन्टीअक्सिडेन्ट हुन्छ । जसले प्रतिरोध क्षमता बढाउन मद्दत गर्छ । दूधमा आधा चम्चा बेसार हाली उमालेर बच्चालाई दैनिक खुवाउनु पर्छ । यसले मौसमी फ्लुबाट पनि बचाउँछ ।

तुलसी र अदूवाको रस
यी दुवैमा एन्टीबायोटिक र एन्टीइन्फ्लामेटरी गुण हुन्छ । केहि तुलसी पात र अदूवाको मसिनो टुक्रा पिनेर रस निकालेर थोरै मह पनि मिसाएर बिहानको समयमा बालबच्चालाई खुवाउन सकिन्छ ।

महको उपयोग
महमा खनिज र एन्टीबायोटिकले प्रतिरोध क्षमता बलियो बनाउँछ । बच्चालाई दूधमा चिनीको साटो एक चम्चा मह हालेर दिनु उपयुक्त हुन्छ ।

दाख खाने
सुकेको अंगुर अर्थात दाखमा एन्टीअक्सिडेन्ट्स, आइरन, पोटाशियम र अन्य पोषक तत्व हुन्छ । रातमा भिजाएर राख्ने र बिहान खालि पेटमा बच्चालाई दिने हो भने यसले पाचनसम्बन्धि समस्या कम गर्छ ।

बदाम र छगडा हालेको दही
बदाम, छगडा र दही हालेर फिटेर सेक बनाएर खुवाउन सकिन्छ । गर्मी महिनामा दिनहुँ यो सर्वत खाँदा बच्चा बलियो र तगडा हुन्छन ।