+

क्यान्सर लाग्नै नदिने यी ९ उपाय

सुर्तीजन्य पदार्थको सेवन नगर्ने

६ सय प्रकारका तत्त्व भएको सुर्तीजन्य पदार्थ सेवन गर्दा ७ हजार प्रकारका रसायनहरू जल्छन। ती निकै हानिकारक हुन्छन् । सुर्तीजन्य पदार्थ सेवन नगरे ९० प्रतिशत फोक्सोको क्यान्सरबाट बच्न सकिन्छ ।

मोटोपन नियन्त्रण

मोटोपनकै कारण १३ प्रकारको क्यान्सरको जोखिम बढ्ने अध्ययनले देखाएको छ । जसमा खानेनली, प्यान्क्रियाटिक, कलेजो, पेट, कोलोन र रेक्टम, पित्तथैली, फोक्सो, मिर्गौला र महिलामा स्तन, पाठेघर वा पाठेघरको मुखको क्यान्सर हुनसक्छ ।

Advertisement

मद्यपान नगर्ने

मदिराको अत्याधिक सेवनले शरीरको डीएनए मर्मत गर्ने क्षमता घटाउँछ, जसले क्यान्सरको जोखिम बढाउँछ । कलेजो, अन्न नली, मुख, घाँटी, ठूलो आन्द्रा, पित्तथैली र स्तन क्यान्सरको जोखिम बढाउँछ ।

खानपानमा विशेष ध्यान दिने

फास्टफुड, प्याकेटफुड दैनिक खाना भएको छ। यस्ता खानेकुराले क्यान्सर लगायत अन्य दीर्घ रोगको जोखिम बढाएको छ। जंकफुडभन्दा पनि पहिलेदेखि खाँदै आएको खाना दाल, भात, तरकारी, अचार लगायतका साधारण खाना नै स्वस्थ्यकर हुन्छन्।

शारीरिक रुपमा सक्रिय रहने

शारीरिक रुपमा सक्रिय भइएन भने मोटोपना निम्तन्छ र मोटोपनासँगै अन्य समस्या आउन सक्छ। त्यसैले, क्यान्सर लाग्नै नदिन शारीरिक रुपमा सक्रिय रहने र नियमित व्यायाम, योग, प्राणायाम गर्नुपर्छ ।

तनाव व्यवस्थापन गर्ने

आजभोलि हामी चाहिने भन्दाबढी तनाव लिन्छौँ । आफूसँगै अरूको चिन्ताले मानिसको तनाव बढाएको छ । जुन तनावका कारण निद्रा पनि राम्ररी लाग्दैन, खाना पनि रुच्दैन र क्यान्सर लगायत विभिन्न रोगको जोखिम बढ्छ ।

पर्याप्त मात्रामा आराम गर्ने

अहिले मान्छेहरूले कामलाई बढी महत्त्व दिन्छन् । काम भनेर आराम गर्ने समय पनि छुटाउँदैनन् । प्रकृतिको नियम अनुसार चल्नुपर्छ । दिनमा काम गर्ने र रातको समयमा आराम गर्नुपर्छ ।

जोखिमयुक्त कामबाट बच्ने

विषादी छर्ने काम गर्दा त्यसबाट कार्सिनोजेनिक पदार्थ निस्कन्छ । जसले क्यान्सरको जोखिम बढाउँछ । त्यसैले, यस्ता जोखिमपूर्ण काम गर्दा विशेष सावधानी अपनाएर क्यान्सरको जोखिमबाट बच्न सकिन्छ ।

असुरक्षित यौन सम्पर्कबाट बच्ने

धेरै व्यक्तिसँग शारीरिक सम्पर्क राखेमा पनि यौनजन्य रोगले कालान्तरमा क्यान्सर गराउन सक्छ । त्यसैले असुरक्षित यौन सम्पर्क सकेसम्म गर्नुहुँदैन ।