+

आँखामा लेन्स लगाउँदा ध्यान दिनुपर्ने कुरा

आजभोली आँखालाई सुन्दर देखाउन वा आँखा कमजोर भएमा लेन्सको प्रयोग गर्न सकिन्छ । यो प्रयोग गर्दा कयौंपटक फोहोर वा धुलोले लेन्सलाई हानि गर्छ । त्यसैले, यो लगाउँदा विशेष सावधानी अपनाउन पर्छ ।

संक्रमण भएमा लेन्स प्रयोग नगर्ने

लेन्स सधैं स्वस्थ आँखामा मात्र लगाउनु पर्छ । यदि आँखा चिलाउने, पोल्ने वा संक्रमण भएको छ भने लेन्सको प्रयोग गर्नु हुँदैन ।

Advertisement

हात सफा राख्ने

कन्ट्याक लेन्स लगाउनु अघि हात साबुन पानीले राम्रोसँग धुनु पर्छ । ताकी, हातको फोहोर आँखासम्म नपुगोस् ।

मेकअप आघि लेन्स लगाउने

सुन्दर देखिनको लागि हो भने मेकअप गर्नु अघि लेन्स लगाउनुपर्छ । किनकि, मेकअप पछि लगाउँदा प्रोडक्ट आँखामा पुगेर समस्या गर्न सक्छ ।

लेन्सलाई सफा गर्ने

लेन्स लगाएर राख्ने बेलामा लेन्स कम्पनिले बनाएको विशेष किसिमको जेलले ५ पटक सफा गरेर मात्र राख्नु पर्छ । यसले संक्रमण बस्ने सम्भावना कम हुन्छ ।

आँखालाई रगड्न हुँदैन

लेन्स राखे पछि आँखा चिलाउने, पोल्ने भएमा हातले माड्न हुँदैन । यसले आँखालाई थप समस्यामा पार्ने मात्र नभई लेन्सलाई पनि खराब पार्छ ।