+
+

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

रङ र सुगन्धबाट शुद्धता जाँच

मह जति शुद्ध हुन्छ त्यती नै राम्ररी जम्छ । शुद्ध मह सङ्लो देखिँदैन अलि मैलो देखिन्छ । यसको गन्ध अलि अलि अमिलो मिश्रित हुन्छ ।

पानीमा घुल्दैन

सामान्य मान्छेले मह शुद्ध हो की होइन पनि पत्ता लगाउनको लागि एक गिलास पानीमा एक चम्चा मह घोलेर हेर्दा त्यो मह एकदमै छिटो पानीमा घुल्छ भने त्यो महमा मिसावट छ ।

Advertisement

रबर जस्तो तन्कियो भने

शुद्ध मह पत्ता लगाउन बुढी र चोर औँलामा मह लिएर फैलाउँदा त्यो रबर जस्तो तन्कियो शुद्ध हो । यदि टुक्रियो भने शुद्ध हैन ।