+

गर्भवतीले यात्रा गर्दा के जोखिम हुनसक्छ ?

सावधानीपूर्वक यात्रा

गर्भावस्थामा यात्रा गर्नै नहुने भन्ने होइन । छोटो दूरीको बाटो राम्रो छ भने सावधानीपूर्वक यात्रा गर्दा कुनै फरक नपर्न सक्छ ।

आमाको स्वास्थ्य जोखिममा

तर, पहिलो त्रैमासिक र अन्तिम त्रैमासिक नजिक गर्भावस्था छ, गन्तव्य टाढा छ भने बच्चा मात्र नभई आमाको स्वास्थ्य जोखिममा पर्न सक्छ ।

Advertisement

पहिलो त्रैमासिकमा यात्र गर्दा के हुन्छ ?

हर्मोनल परिवर्तनको कारण मर्निङ सिकनेस चरममा हुन्छ । जसमा वान्ता आउने, टाउको दुख्ने र थकान अनुभव जस्ता समस्या दिनहुँ देखिन्छ ।

तेस्रो त्रैमासिकमा यात्र गर्दा के हुन्छ ?

गर्भावस्थाको अन्तिम तीन महिनामा यात्रा गर्नु झन् घातक हुनसक्छ । किनकि यो समयमा यात्रा गर्दा सालको पानीको स्तर घट्न सक्छ । जुनसुकै बेला फुटेर मिति अगावै जुन ठाउँमा पनि व्यथाले च्याप्न सक्छ ।

दोस्रो त्रैमासिक कम जोखिम

गर्भावस्थाको दोस्रो त्रैमासिक १४ महिनादेखि २२ साताको समय सुरक्षित यात्राको लागि तुलनात्मक रूपमा सुरक्षित मानिन्छ । किनकि यो समयमा हर्मोनको स्तर सन्तुलनमा आउने, वान्ता जस्ता लक्षण कम भइसकेको हुन्छ ।

केसम्म यात्राबाट जोगिनु उचित

यो समयमा गर्भवती महिलाको प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ । जसका कारण लामो यात्रा गर्दा संक्रमणजन्य रोग छिटो सर्ने सम्भावना रहन्छ । त्यसैले, यो समयमा सकेसम्म यात्राबाट जोगिनु उचित हुन्छ ।