
कण्डम
पुरुषले प्रयोग गर्ने यो अस्थायी साधनले गर्भ रहनबाट रोक्नुका साथै विभिन्न यौनरोगबाट समेत बचाउँछ ।

कपर टी
कपर टी पाठेघरभित्र राखेपछि पछि अनिच्छित गर्भ रहने भय हुँदैन । यसलाई १२ वर्षसम्म राख्न सकिन्छ र गर्भधारण गर्न मन लागे निकाल्न समेत सकिन्छ ।
Advertisement

अनिच्छित गर्भ रोक्न पिल्स
अनिच्छित गर्भ रोक्न पिल्स महिलाले हरेक दिन खानुपर्ने हुन्छ । आवश्यकता अनुसार खान र छोड्न सक्ने भएकाले प्राय: महिलाले यसको प्रयोग गरिरहेको देखिन्छ ।

डिपो अर्थात् तीन महिने सुई
नेपालमा संगिनी सुई भनेर चिनिने डिपोप्रोभेरा हरेक तीन-तीन महिनामा यो सुई लगाउन सकिन्छ । डिपो एक पटक लगाएपछि तीन महिनासम्म लगाउनु पर्दैन र त्यस अवधिमा गर्भ रहँदैन ।